मानब सेवा आश्रमले सोमबारबाट बुटवलमा महायज्ञ गर्दै

by समतल अनलाइन

बुटवल । २०८२ साल सम्म नेपाललाई सडक आश्रीत मानव रहित बनाउने अभियानकासाथ गठन भएको मानव सेवा आश्रमको भवन निर्माणार्थ बुटवलमा हुन गईरहेको ज्ञान बिज्ञान महायज्ञको तयारी पुरा भएको छ ।

महायज्ञको तयारीको जानकारी गराउने उद्देश्यले आज बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महायज्ञबाट ११ करोड रकम जम्मा गर्ने लक्ष्य राखिएको जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा बोल्दै मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले महायज्ञमा करिव ३० लाख खर्च हुने तथा हरेक दिन ५ हजार श्रद्धालुहरुको सहभागिता रहने बताए ।

अधिकारीले महायज्ञमा सेवान आश्रमका सदभावना दुत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित कलाकार मनोज गजुरेलको समेत सहभागिता रहने जानकारी दिए ।

मानव सेवा आश्रमले ७ प्रदेशको १४ जिल्लामा १ हजार १ सय बेसहारा, असक्त, असहाय, अभिभावकबिहिन सडक आश्रीत नागरिकहरुलाई आश्रय दिईरहेको पत्रकार सम्मेलनमा दाबी गरिएको थियो ।

आश्रमकै अगुवाईमा कर्णाली प्रदेशलाई सडक आश्रीत मानव रहित प्रदेश घोषणा गरिसकिएको छ भने बुटवल उपमहानगर सहित मुलुकका धेरै पालिकाहरुलाई सडक आश्रीत मानव रहित पालिका घोषणा गरिंदै आएको छ ।

 
 
  
 

You may also like