उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार – मुख्य मन्त्रि पोखरेल

by समतल अनलाइन

बुटवल । कानून निर्माणको काममा मुलुकको ७ प्रदेशमा अगाडी रहेको प्रदेश नम्बर ५ ले अवको मुख्य लक्ष्य कानून कार्यान्वयनलाई दिने भएको छ । प्रदेशसभाले सबैभन्दा बढी ४८ वटा कानून निर्माण गरेको हो । प्रदेशसभा स्थापनाको अवसरमा प्रदेशसभाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशमा भएका गतिविधी बारे जानकारी गराइएको हो । ०७६ साउन देखि अहिले सम्म १० वटा बिधेयक सभाबाट पारित भई प्रमाणीकरण समेत भएकोे छ ।

वातावरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बिधेयक दर्ता भई सभामा पेश हुन बांकी रहेको र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयक प्रमाणिकरण हुन बांकी रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी गराए । बिधेयक कार्यान्वयनमा सभाले बिशेष जोड दिएको बताउँदै उनले संसदिय निगरानीलाई प्रभावकारी बनाईएको दाबी गरे । संसदिय समितीहरुले अनुगमन गर्ने र प्रतिबेदन प्रस्तुत गर्ने कार्यलाई तिब्र बनाईएको उनले जानकारी गराए । प्रदेशसभाको ४ वटा अधिवेशनमा १ सय १५ वटा बैठक बसेको थियो । १ सय ८ दिन सञ्चालन भएको संसद बैठक कूल १ सय ३२ घण्टा २६ मिनेट सञ्चालन भएको पुनले जानकारी गराए । प्रदेश नम्बर ५ प्रदेशसभाले हाल सम्म ५१ वटा विधेयक दर्ता भएकोमा ४८ वटा विधेयक सभाबाट पारित भएका छन् । ८७ सदस्सीय प्रदेश सभामा पूमख प्रतिपक्ष दलका नेता बलदेवशार्मको अघिल्लो साता निधन भएपछि ८६ जना सदस्य रहेका छन् ।

यसैबीच प्रदेश स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । दिवसका अवसररमा माघ १८ गते शनिबार प्रदेश सभा सचिवालय परिसर तथा शान्तीनगर, सौभाग्यनगर र सुन्दरनगर बुटवलमा सरसफाई कार्यक्रम राखिएको छ । यसैगरी माघ १९ गते आईतबार रक्तदान, २० गते खेलकूद तथा २१ गते सोमबार प्रदेश सभा सचिवालयमा मूल समारोहको आयोजना गरिने भएको छ ।

 
 
  
 

You may also like