एम्समा वक्तृत्वकला सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल चौराहमा रहेको एम्स कलेजले व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरुका बीचमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

शुक्रबार कलेज प्रांगणमा भएको ‘जागिरे हुनुभन्दा उद्यमी हुनु बेस’ विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ कामनिषा गौतम प्रथम भइन् । त्यसैगरि वि.वि.एस. दोश्रो वर्षमा अध्यनरत तिर्सना भण्डारी दोश्रो र वि.वि.एस. तेस्रो वर्षमा अध्यनरत निशा विश्वकर्मा तेस्रो हुन सफल भइन् । १५ जना प्रतियोगीहरु सहभागी रहेको प्रतियोगितामा वि.वि.एस.तेस्रो वर्षका नविन पुरी सान्त्वना हुन सफल भए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गर्न सफल प्रतियोगिहरुलाई कार्यक्रमका प्रमूख अतिथि बुटवल औद्योगिक क्षेत्रका निमित्त प्रमूख इन्जिनियर निमेश अधिकारीले प्रमात्र पत्र सहित पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले जागिर अथवा उद्यम जुनसुकै क्षेत्रमा लागेपनि व्यक्तिमा असल नेतृत्व गर्न सक्ने खुबीको विकास हुनुपर्ने बताउनु भयो ।

एम्स कलेजका क्याम्पस प्रमूख दीपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एम्स एजुकेशन फाउन्डेशनका कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपाने, उद्यमी तथा पूर्व विद्यार्थी मञ्जु भुषाल, उपप्राध्यापक गोविन्द शर्मा बस्याल लगायतले बोल्दै विद्यार्थीहरुमा मेहनत गर्ने बानीको विकास सहित नेतृत्व गर्ने कलाको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सोही अवसरमा क्याम्पसका पूर्व विद्यार्थी समेत रहनुभएका उद्यमी मञ्जु भुषाललाई सम्मान गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा निर्णायकहरु शुत्र सोलुशनका निर्देशक राजु शर्मा, पत्रकार सनु थापा र प्रकाश चापागाई रहनुभएको थियो भने कार्यक्रम क्याम्पसका सहायक प्रमूख विकास श्रेष्ठले गर्नुभएको थियो ।

 
 
  
 

You may also like