लुम्बिनी फोटोग्राफर संघले विश्व फोटोग्राफी दिवस मनाउदै

by समतल अनलाइन

बुटवल । लुम्बिनी फोटोग्राफर संघले यसपटकको विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरेर भव्यरुपमा मनाउने संघका अध्यक्ष महेन्द्र उपाध्यायले जानकारी गराएका छन् । पश्चिम कपिलबस्तुदेखि पूर्वमा वर्दघाटसम्मका फोटोग्राफरहरुले आफ्ना क्यामेरा,प्लेकार्ड र ब्यानरसहित बुटवलको चौराहदेखि ट्राफिकचोकसम्म भदौ २ गते विहान ७ वजे प्रभातफेरि कार्यक्रम गर्ने सो प्रभातफेरि उपसमितिका संयोजक मनीष पन्थले बताएका छन् ।

प्रभातफेरिपछि हुने कोणसभामा फोटोग्राफीको महत्व,फोटोग्राफरहरुका समस्या,चुनौती,अवसर र संघले वर्तमान समयमा खेल्दै आएको भूमिकाका बारेमा समेत प्रवचन दिइने संस्थाका वरिष्ठ उपाध्यक्ष पन्थले बताए । भदौ १ गते विहान फोटोग्राफरहरुले रक्तदान गर्ने छन् । रक्तदान उपसमितिका संयोजक चेतनानारायण पाण्डेयका अनुसार रक्तदान जीवनदान भएको हुँदा दिवसको पहिलो दिन स्वरुप रक्तदान गरिने छ। त्यसैगरी दिवसको तेस्रो दिन भदौ ३ गते मानव सेवा आश्रम,बुटवलमा रहेका असाहय एवम् दुखीहरुलाई भोजन गराउने कार्यक्रम रहेको सो उपसमितिका संयोजक दीपक कसौधनले सुनाए ।

 
 
  
 

You may also like