सैनामैना नगरपालिकाको एकिकृत शहरी बस्ती सेवा सुविधा सम्पन्न हुनु् पर्ने

by समतल अनलाइन

टिका खरेल
सैनामैना ।सैनामैना नगरपालिकाकाे विकास तथा एकिकृत शहरी बस्ती सेवा सुविधा सम्पन्न हुनु् पर्ने कुरा सैनामैना नगरपालिकाका सरोकारवालाहरुले बताएका छन् । सैनामैना नगरपालिकामा एकिकृत विकास परियोजनाको प्रस्तुतिकरण कार्यक्रममा यस्तो कुरा सैनामैनाका सरोकारवलाहरुले बताएका हुन् ।

सैनामैना नगरपालिकाले अहिले संघिया सरकारको सहकार्यमा सैनामैनामा एकिकृत शहरी बस्ती निर्माणको अवधारण ल्याएको छ ।
एकृत शहरी बस्ती निर्माणको अवधरण भित्र बस्ती, वन, नदि–खोला, खेतीयोग्य जमिन, खेलकुद मैदान, बसपार्क, पार्क, पर्यटन क्षेत्र, स्वास्थ्य केन्द्र, शैक्षिक क्षेत्र–विद्यालय, बजार, मठमन्दिर, फोहोरमैला ब्यावस्थापन लगायत अन्य रहने छन् । यो योजना १५ वर्षे रहने कार्यक्रममा जानकारी गराईएको थियो । संघिय सरकार को ५० लाख रकम विनियोजन गरि यस योजनाको डिपिआर तयार पारि प्ररार्मशदाताहरुबाट सोमबार प्रस्तुतिकरण गरिएको थियो ।

संघिय, प्रदेश र स्थिानिय सरकार संग सहकार्य गरि विभिन्न विकासका योजना अघि सारिएको प्रदेश ५ का संसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भयो । छोटो, मध्यम र दिर्घकालिन सहितको योजना बनाउनु पर्ने उहाँको सुझाब थियो ।
नगपालिकाको योजना लाई सकरात्मक ढंगले पुर्ण सहयोग रहने प्रदेश संसद कमला विकले बताउनु भयो ।

भविष्यमा हुन सक्ने नोक्सानी, समस्य तथा चुनौतिलाई मध्यनजर गरि एकिकृत शहरी विकासका विषयमा छलफल गरिएको सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । “अब बन्ने संरचना दिगो तथा भरपर्दाे बनाउनु पर्छ सबैको सुझाव अवश्यक छ । ” – उहाँले भन्नु भयो । सैनामैना नगरपालिका ब्यवास्थित शहर बनाउन भविष्यमा हुन सक्ने सुविधालाई मध्यनजर गर्दै सो प्रतिवेदन परिस्कृत गर्नु पर्ने समेत बताउनु भयो । सैनामैनामा भएका तथा कुनठाउँमा के समेट्नु पर्ने सबै कुरा उल्लेख गर्नु पर्ने उहाँको सुझाब थियो ।
सैनामैना नगरपालिकामा विकासका काम तिब्र गतिमा भैरहेको र यस योजनाले सैनामैना ब्यवस्थित शहर बन्ने नगर उपप्रमुख विना रानाको भनाई थियो ।

एकिकृत शहरी विकासका लागि गरिएको छलफल प्रभावकारी भएको र आर्थिक, समाजिक, संस्कृतिक पर्यटकिय लगाएत क्षेत्रहरु समेट्नुपर्ने सैनामैना नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
दिगो संरचना तथा भरपर्दाे बनाउन नगरपालिकाले विशेष ध्ययन दिनुपर्ने नेपाली कांग्रेस जिल्ला उपसभापति फणिनद्र प्रसाद शर्माले बताउन्ु भयो ।
नेकपा सैनामैनाका संयोजक चेतनरायण न्यौपानेले नगरको विकासका योजनामा सबैको सहकार्य अवश्यक रहेको कुरा बताउनु भयो ।
कार्यक्रमम सैनामैना नगरपालिकाका वडा अध्यक्ष – जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, संचारकर्मी विभिन्न संघसस्थाका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

शहरी विकास मन्त्रालय भु–उपयोग योजनाको सहकार्य तथा नयाँ राष्ट्रिय ईन्जिनियरिङ्ग कन्सल्टेन्सि शहरी योजना विद् शुमन पाठकले प्रतिवेद प्रस्तुत गर्दै सहजिकरण गर्नु् भएको थियो ।

 
 
  
 

You may also like