नेपाल घरबहाल सरोकार संघ सैनामैनाको अध्यक्षमा नारायण आचार्य

by समतल अनलाइन

सैनामैना।नेपाल घरबहाल सरोकार संघ सैनामैना शाखाको दोस्रो अधिबेशन आज सम्पन्न गरेको छ । अधिबेशनले नारायण आचार्यकोे अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत चयन गरेको हो ।जसेको उपाध्यक्ष गोविन्द खरेल,सचिबमा नारायण भुषाल,कोषाध्यक्ष विष्णु भुषाल र बाँकी सदस्यमा रहनुभएको छ ।

सैनामैना ५,स्थित गुुनाखर होटल एण्ड रेष्टुुरेण्डको हलमा भएको कार्यक्रम नेपाल घरबहाल सरोकार संघ सैनामैनाका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता,नेपाल घरबहाल सरोकार महासंघका सचिब लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता तथा रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

लिन दिने दुवै सस्थाँ घरबहाल भएको महासंघका सचिब लेखनाथ भण्डारीले बताउनुभएको छ । घर बहाल भाडादर उचित रुपमा कायम एवं अधिकतमलाई नियन्त्रण गरि बास अधिकार सुनिश्चित गर्न यो सघंको प्रमुख भुमिका रहेको उहाँले बताउँनुभयो । उहाँले बैज्ञानिक बहालदर कायम नहुदाँ ब्यवसायीहरु विस्तापित भइरहेको जिकिर समेत भण्डारीले गर्नुभयो ।

 
 
  
 

You may also like