एक्सपर्टको शैक्षिक सेमिनारमा २ सय विद्यार्थी सहभागी

by समतल अनलाइन

बुटवल । एक्सपर्ट एजकेशन एण्ड भिसा सर्भिसेज प्रा.लिको आयोजना अष्टोलियन शैक्षिक समिनार सम्पन्न गरेको छ । शुक्रबार आयोजना गरिएको सेमिनारमा २ सय जना विद्यार्थीहरु सहभागीता रहेको थियो ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया, यु.के. र क्यानडा जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशनले बुटवल मिलनचोक स्थित दियालो फुडल्याण्डमा सेमिनारको आयोजना गरेको हो । विद्यार्थीहरलाई अष्ट्रेलिया, यु.के, क्यानडाका शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग भलाकुसारी गर्ने अवसर प्रदान का लागि सेमिनार आयोजना गरिएको एक्सपर्टका निर्देशक रोशन कंडेलले जानकारी दिए ।

फेयरमा यस पटक १५ वटा भन्दा बढि शैक्षिक संस्थाका साथमा एस.वि.आई, नविल बैंकका प्रतिनिधिहरुलाई उपस्थिति रहेको थियो ।

एक्सपर्टले विद्यार्थीहरुलाई आवश्यक परामर्श प्रदान गर्नकै लागि अष्ट्रेलिया, यु.के एवं क्यानडामा रहेका विभिन्न शैक्षिक संस्थाहरुको प्रतिनिधिहरुलाई नेपालमा ल्याएर पटक-पटक फेयरको आयोजना गर्दै आएको छ ।
सम्बन्धित संस्थाका प्रतिनिधिसँग कुरा गर्दा विद्यार्थीहरुले पनि पूरै जानकारी लिन सक्ने एवं विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीलाई विभिन्न प्रकारका छात्रबृत्ति प्रदान गर्ने हुँदा प्रतिनिधिहरुलाई नै बोलाएर फेयरको आयोजना गरिदै आएको एक्सपर्टका वि.डी.एम कमल ज्ञवालीले जानकारी दिए ।

सन २००१ मा अष्ट्रेलियाको सिंडनी बाट सुरु भएको एक्सपर्टले विश्वका धेरै देश लगायत नेपालमा मात्रै २० भन्दा शाखा विस्तार गरेर परामर्श प्रदान गरिरहेको छ ।

 
 
  
 

You may also like