क्युपेक बुटवल उपमहानगर कमिटीको प्रथम परिषद भेला

by समतल अनलाइन

बुटवल,२८ साउन । नेपाल विजुली पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) बुटवल उपमहानगर कमिटीको प्रथम वार्षिक परिषद् भेला मंगलबार बुटवलमा सम्पन्न भएको छ । युनियनका अध्यक्ष गंगाराम सुनारको अध्यक्षता तथा जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै उपाध्यक्ष गौतमले असंगठित क्षेत्रका मजदुरहरुलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकार लाग्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा योजना असफल बनाउन केही मानिसहरु लागे पनि त्यो सफल नहुने र सामाजिक सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वन हुने दावी गरे ।

कार्यक्रमा क्युपेकका केन्द्रीय सचिव कृष्ण ढुंगेल, युनियनका सल्लाहकार नकुल शाही, क्युपेक रुपन्देहीका सचिव विनोद आचार्य, जिफन्ट प्रदेश पाँचका उपाध्यक्ष टोलराज पौडेल लगायतले बोलेका थिए ।

युनियनका सहसचिव बलबहादुर विकको स्वागत तथा सचिव नवल गुरूङको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like