बुटवलमा अष्ट्रेलिनय शैक्षिक सेमिनार हुने

by समतल अनलाइन

बुटवल । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि ले जनवरी २४ अर्थात माघ १० गते शुक्रबार अष्ट्रेलियन एजुकेशन फेयरको आयोजना गर्ने भएको छ ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया, यु.के. र क्यानडा जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशनले बुटवल मिलनचोक स्थित दियालो फुडल्याण्डमा सेमिनारको आयोजना गर्न लागेको हो ।

बेला बेला फेयरको आयोजना गरेर विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको एक्सपर्टले यस पटक पनि विद्यार्थीहरलाई अष्ट्रेलिया, यु.के, क्यानडाका शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग भलाकुसारी गर्ने अवसर प्रदान गर्न लागेको हो ।

बुटवल दियालो फुडल्याण्डमा विहान ११ बजे देखि ३ बजे सम्म आयोजना हुने फेयरमा यस पटक १५ वटा भन्दा बढि शैक्षिक संस्थाका साथमा एस.वि.आई, नविल बैंकका प्रतिनिधिहरुलाई उपस्थिति गराउने प्रा.लि ले जनाएको छ । यस सेमिनारमा सहभागिता हुने विद्यार्थीहरुले शैक्षिक लोनदेखि लिएर बैंकिङ प्रोसेसको बारेमा पनि सोही स्थानबाट जानकारी लिन सक्ने एक्सपर्टका निर्देशक रोशन कंडेलले जानकारी दिए । त्यस्तै उनले फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि संस्था एवं विश्व विद्यालयको तर्फबाट धेरै सुविधाहरु उपलब्ध गराउने समेत बताए ।

एक्सपर्टले विद्यार्थीहरुलाई आवश्यक परामर्श प्रदान गर्नकै लागि अष्ट्रेलिया, यु.के एवं क्यानडामा रहेका विभिन्न शैक्षिक संस्थाहरुको प्रतिनिधिहरुलाई नेपालमा ल्याएर पटक–पटक फेयरको आयोजना गर्दै आएको छ ।
सम्बन्धित संस्थाका प्रतिनिधिसँग कुरा गर्दा विद्यार्थीहरुले पनि पूरै जानकारी लिन सक्ने एवं विश्वविद्यालयले उत्कृष्ट विद्यार्थीलाई विभिन्न प्रकारका छात्रबृत्ति प्रदान गर्ने हुँदा प्रतिनिधिहरुलाई नै बोलाएर फेयरको आयोजना गरिदै आएको एक्सपर्टका वि.डी.एम कमल ज्ञवालीले जानाकारी दिए ।

सन २००१ मा अष्ट्रेलियाको सिंडनी बाट सुरु भएको एक्सपर्टले विश्वका धेरै देश लगाएत नेपालमा मात्रै २० भन्दा शाखा विस्तार गरेर परामर्श प्रदान गरिरहेको छ ।

 
 
  
 

You may also like