लुम्बिनी प्रादेशिक र रोल्पा अस्पतालमा अध्यक्ष नियुक्त

by समतल अनलाइन

बुटवल। प्रदेश नम्बर ५ का २ सरकारी अस्पतालले अध्यक्ष पाएका छन् । प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पा अस्पताल, रेउघाका अध्यक्ष तथा सदस्यमा १—१ जनालाई मनोनयन गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष र सदस्य पदमा मनोनयन गरेको हो । मन्त्रीपरिषद् बठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवल ८ निवासी सुर्य बहादुर भट्टराई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरेको भौतिक पुर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
यस्तै मन्त्रिपरिषद्ले लुम्बिनी प्रादेशिक अस्पतालकै सदस्य पदमा बुटवल ३ कि रिज्जु श्रेष्ठ र रोल्पा अस्पताल विकास समितिको सदस्य निमकुमारी सिंहलाई मनोनयन गरेको छ ।

बैठकले प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गर्न लागेको एक्स्पो कार्यक्रम स्वीकृत गरिएको छ । माघ १० गतेदेखि १२ गतेसम्म दाङमा एक्स्पो हुदैछ । एक्स्पो सञ्चालन गर्नको लागि ५० लाख रकम बिनियोजन समेत भएको छ ।

बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको सिईओको उमेर हकबन्धी संसोधन गरी ३५ वर्ष पुरा गरेको बनाईएको प्रवक्ता चौधरीले जानकारी दिए । संसोधन पहिले सिईओको उमेर हकबन्धी ५५ वर्ष ननाघेको थियो ।

साथै बैठकले सोमबार दिउँसोमात्रै निधन भएका प्रतिपक्ष दलका नेता बलदेब शर्मा पोखरेल प्रति शोक प्रस्ताव पारित गरेको छ । मन्त्रीपरिषद् बैठकले पोखरेललाई प्रादेशिक सम्मान गर्ने जनाएको छ । यो कार्यका लागि आन्तरिक मामिला मन्त्रालयलाई व्यवस्थापनको जिम्मेवारी दिईएको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए ।

 
 
  
 

You may also like