औद्योगिक बिकासका लागि राजनितीक वाताबरण अनुकुल आवश्यक : मुख्यमन्त्री पोखरेल

by समतल अनलाइन

बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले औद्योगिक बिकासका लागि राजनितीक वाताबरण अनुकुल हुनु पर्ने बताएका छन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज बुटवलमा आयोजना गरेको सार्वजानिक निजी साझेदारी संबाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ मा मक्का मदीनाको महत्वपूर्ण सम्पदा रहेको उल्लेख गर्दै ती सम्पदाहरु माटोमुनी लुकेर बसेको बताए ।

नवलपरासी र कपिलवस्तुमा माटो मुनी सम्पदाको खानी भएको बताउंदै मुख्यमन्त्री पोखरेलले खानी उत्खनन मात्र गर्न सके त्यो स्थान सम्पदाको शहर बन्न सक्ने बताए ।

उनले आर्थिक समृद्धी हासिल गर्न धार्मीक पर्यटनलाई ब्यवसायीकरण गर्न आवश्यक रहेको बताउंदै प्रदेश नम्बर ५ को स्वर्गद्धारी हिन्दुहरुका लागि पशुपतिनाथ पछिको दोस्रो तिर्थस्थल बन्न सक्ने बताए ।

कार्यक्रममा उपस्थित उद्योगी ब्यवसायीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ब्यवसायीले १ अर्व बढीको लगानी गर्ने गरि स्थान पहिचान गरे प्रदेश सरकारले बिद्युत र सडकको जिम्मा लिने बताए ।

उद्योगी ब्यवसायीलाई बिद्युतको खपत बढाउन आग्रह गर्दै उनले दिनमा बिद्युत खपत गर्दा बिद्युतमा छुट दिने तयारी सरकारले गरेको जानकारी समेत दिए । ब्यवसायीले माग गरेको अवस्थामा प्रदेश सरकारले दक्ष जनशक्ति उपलब्ध गराउन तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रदेश योजना आयोगका उपभाध्यक्ष डाक्टर ईश्वर गौतमले बिकास र समृद्दीका लागि प्रदेश ५ सबैभन्दा उपयुक्त प्रदेश भएको बताए ।

कार्यक्रममा प्रदेशका स्थानीय सरकारका प्रमुख तथा उद्योगी ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like