खेलकुदलाई समृद्धिको एउटा आधारका रुपमा लिइएको छ : नगरप्रमुख सुवेदी

by समतल अनलाइन

प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उदघाटन
बुटवल । माघ २ गते देखि सुरुभएको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को आज उदघाटन भएको छ ।

माघ २ देखि ५ गते सम्म संचालन हुने भनिएको प्रतियोगिता प्रतिकुल मौसमका कारण २ गते प्रतियोगिता संचालन भएपनी दोस्रो दिन देखि प्रतियोगिता स्थगित गरिएको थियो । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड आज देखि पुन शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगर पालिकाका नगर प्रमुख शिवराज सुवेदीले समृद्धिको एउटा आधारका रुपमा खेलकुदलाई लिइएको बताए । बुटवलका सबै वडामा खेलकुदका लागि पूर्वाधार निर्माण, प्रतिभा छनौट तथा उपयुक्त अवसरको सिर्जना गरिएको बताउँदै नगर प्रमुख सुवेदीले खेलकुदलाई प्राथमिकतामा राखिएको बताए ।

प्रतियोगितामा सोमबार विशेष मार्चपास र झाँकीहरु प्रदर्शन भएका छन् । ८ गतेसम्म आयोजना हुने प्रतियोगिताले विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचाले बताए ।

यसैगरि भलिबल, कबड्डी तथा मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु जिल्ला मार्फत छनौट खेल हुने छ । समितिका सदस्य उमेश थापाले एथ्लेटिक्सतर्फ १३ इभेन्टहरु हुने बताए ।

प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिने छन् । नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता छ ।

सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागि गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

 
 
  
 

You may also like