कास्की हिमपहिरोमा परी दुई नेपाली गाइडसहित सात पर्यटक बेपत्ता

by समतल अनलाइन

कास्की। कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरोमा परी दुई नेपालीसहित सात पर्यटक बेपत्ता भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा दुई नेपाली गाइडसहित चार कोरियाली र एक चिनियाँ पर्यटक हराइरहेका हुन् ।

गण्डकीस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कविहीन भएका हुन् । यसैगरी एक चिनियाँ पर्यटक र दुई नेपाली गाइड पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

भारी हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन । स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन् । हिमपहिरोमा परी शुक्रबार दिउँसोदेखि बेपत्ता उनीहरूको खोजी गर्न प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ ।

FacebookTwitter

 
 
  
 

You may also like