आजको मौसम : काठमाडौंमा बाक्लो हुस्सु, दिउँसोबाट मौसममा क्रमिक सुधार आउने

by समतल अनलाइन

काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै छ । यसैको प्रभावले मौसममा क्रमिक रुपमा सुधार हुँदै गईहेको जानकारी दिएको छ ।

अहिले (शनिबार बिहान)देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपात भईरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

काठमडौं उपत्यकालगायत देशका अधिकंश स्थानमा बिहीबार साँझदेखि वर्षा भएको थियो । गएरातिदेखि वर्षा रोकिएको छ । वर्षा रोकिएसँगै काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको हो ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको पुर्वानुमान यस्तो छ :

माघ ४ गते शनिबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भूभागका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनेछ ।

राति : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का बर्षा हुनेछ ।

माघ ५ गते आइतबार

बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

माघ ६ गते सोमबार

सोमबार पनि बिहानदेखि रातिसम्म देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुनेछ ।

 
 
  
 

You may also like