रातिबाटै मौसम सक्रिय, विहीबार हिमपातको सम्भावनाः मौसम विभाग

by समतल अनलाइन

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबार मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । आज रातिदेखि नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

यसैगरी शुक्रबार मध्य तथा पूर्वी उच्च पहाडीरहिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा हुनुका साथै मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

मध्य तथा पश्चिमी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेकाले सो भेगमा बसोबास गर्ने स्थानीयहरूलाई चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ।

 
 
  
 

You may also like