खुद्रा किराना व्यवसायीको १३ औ साधारण सभा

by समतल अनलाइन

खुला सिमानाको कारण व्यावसायी मर्कामा

बुटवल । खुद्रा किराना व्यावसायी संघ रुपन्देहीको १३ औ बार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । साधारण सभामा बोल्दै व्यावसायीहरुले खुल्ला सिमानाको कारण आफ्नो व्यावसाय धरापमा परेको भन्दै यसलाई रोक्न सरकार संग माग गरे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गंगाधर न्यौपानले सिमा नजिकै भएको कारण भारतबाट भित्र्ने अवैध सामानहरुको कारण नेपाली गुणस्तरिय बस्तु विक्रिमा असर परेको बताए । भारतीय बजारमा सस्तो रुपमा पाईने बस्तु उपभोक्ताको रोजाईमा पर्ने हुँदा गुणस्तरिय स्वदेशी बस्तुहरुको बिक्रि वितरणमा समस्या भएको बताएका हुन । उनले विगत लामो समय देखि नै बढि मात्रामा खुल्ला सिमा नाका हुदै अवैध रुपमा भारतीय गुणस्तरिहिन वस्तु स्वदेशमा भित्र्ने गरेको भन्दै यसलाई रोक्नको लागि सरकार गम्भिर हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवसायीहरुको हितको लागि व्यवसायीह एकता आवश्यक रहेको बताए । उनले सबैको साथ सयोगबाट नै संगठन बलियो हुने भन्दै उपभोक्ताको हितमा राखेर व्यवसाय व्यापार गर्न आग्रह गरे । उपभोक्ता नै सबैभन्दा ठुला भगवान भएको भन्दै उनीहरुकोहितमा राखेर गुणस्तरिय बस्तु विक्रि वितरणकको लागि आग्रह गरे ।

उनले भने–‘राम्रो गुणस्तरिय, बस्तु बिक्रि गर्नुहोस्, एक दिन न एक दिन ग्राहक गुणस्तर खोज्दै आउने छन् ।’ व्यावसायीलाई अहिले निर्वाह मुखि मात्रै भएको भन्दै उनले यसलाई अझ बढि व्यावसायीक बनाउनुपर्नेमा जोड दिए । उनले भने–‘अव निर्वाह मुखि होईन, व्यवसायी बन्नुको विकल्प छैन, यस तर्फ तपाईंहरु लाग्नु आवश्यक छ ।’

कार्यक्रममा नेपाली काग्रेस बुटवल उपमहानरपालिकाका सभापती खेल राज पाण्डेले वाहिरबाट आयात गरिने गुणस्तरहिन बस्तुको रोक लगानुपर्नेमा जोड दिए । उनले यसको लागि सरकारले नै पोके, खुद्रा, झोले व्यापारीहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने बताएका हुन । बाहिरबाट भन्सार छलेर ल्याएको समान गुणस्तरीता भन्दा पनि सस्तो पाईयो भन्दै उपभोक्ताले खरिद गर्ने गरेको भन्दै यसलाई बन्द गर्नुपर्ने बताएका थिए ।

उनले उपभोक्ताको स्वाथ्य नै प्रमुख कुरा भएको भन्दै उपभोक्ताहरुको स्वाथ्यमा विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली भण्डारी, बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नरिस्वर पौडेल, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश समिति सदस्य सरस्वती ढकाल, मानव अधिकार तथा शान्ती समाजका रुपन्देही अध्यक्ष धनपती खनाल, नेपाल ट्रेड युनियन महासंघ९नाटु०का केन्द्रीय अध्यक्ष जीवन अधिकारी , पुर्व अध्यक्ष केशव कुँवर, लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष टिकाराम गौरेले उद्घाटन गरेका थिए । अध्यक्ष गंगाधार न्यौपानको अध्यक्षता, ज्ञान प्रसाद न्यौपानेको स्वागत, सचिव खिमराज पाण्डे(संकर)को सञ्चालन रहेको कार्यक्रममा धन्यावाद ज्ञापन प्रथम उपाध्यक्ष महेन्द्र पोखरेलले गरेका थिए ।

साधारण सभामा विभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको थियो । पत्रकारिता पुरस्कार बाट लुम्बिनी टेलिभिजनका पत्रकार श्याम पोखरेल लाई नगद सहित पुरस्कृत गरिएको थियो भने प्रेस सल्लाहकार तेजेन्द्र केसी, कार्यालय सचिव, एसईईमा उत्कृष्ठ नतिजा ल्याउने सदस्यका सन्तानहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो ।

साधारण सभा तथा अधिवेसनबाट नयाँ नेतृत्व समेत चयन हुने छ ।

 
 
  
 

You may also like