पृथ्वी जयन्तीको अवसरमा रक्तदान तथा साँस्कृतिक कार्यक्रम

by समतल अनलाइन

बुटवल । २ सय ९८ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुटवलमा रक्तदान तथा साँस्कृतिक कार्यक्रम गरि मनाइएको छ ।

पृथ्वी नारायण शाह स्पोर्ट्स प्रतिष्ठानको आयोजनामा बुटवल दुर्गा मन्दिर परिसरमा आईतबार खुल्ला रक्तदान तथा राप्रपा प्रदेश नं ५ बुटवलको आयोजनामा चियापान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली काग्रेस, नेकपा लगायत पार्टीका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको संयोजक शेषनारायण न्यौपानेले बताए ।

प्रतिष्ठानका अध्यक्ष निरज प्रताप खाणले युवाहरुलाई खेलकुदमार्फत रचनात्मक काममा लगाउने लक्ष्यसहित लागेको बताए । कार्यक्रममा प्रदेश अध्यक्ष प्रदीप उदय, चियापान कार्यक्रमका सयोजक ईरसान आलम मियाले नेपाल एकिकरणमा योगदान दिएका पृथ्वी नारायण शाहलाई सम्झन स्वरुप कार्यक्रम गरिएको बताए ।

 
 
  
 

You may also like