म नेता बन्दै बन्दिन…………………….

by समतल अनलाइन

हरिकृष्ण जोशी भानु- ११ तनहुँ हाल : वुटवल,बैकंर

जनताका नेता किन भन्ने जसलाई जनताको माया छैन भने
विकासका कुरा किन गर्ने जसले बिकासका नाममा भ्रस्टाचार गर्छ भने
राष्ट्रीय नेता किन भन्ने जसलाई राष्ट्रकै माया छैन भने
बीदेशीको गुलाम भने भै गो सधै उनहिरुकै ईच्छा अनुसार काम गर्दछन भने ।
हो यी सब मैलै गर्न सक्दीन त्यसैलेत म भन्छु
म नेता बन्दै बन्दिन ।

अर्थमन्त्री नै किनचाहीयो सधै बिदेशीकै ऋणमा चल्ने हो भने
गृहमन्त्रि किन चाहीयो सधै सिधा साधा र वाल वालीकाको ज्यान जान्छ भने
कृषि मन्त्रालय किन चाहीयो सधै भनेको वेलामा मल विउ पाईन्न भने
हो आखीर कीन चाहीयो यी सबै केही विकास हुदैन भने
बीदेशीको गुलाम भने भै गो सधै उनहिरुकै ईच्छा अनुसार काम गर्दछन भने ।
हो यी सब मैलै गर्न सक्दीन त्यसैलेत म भन्छु
म नेता बन्दै बन्दिन ।

ब्ुाद्धको देश किनभन्ने ज्यानको ठेगान छैन भने
सिताको देश किन भन्ने निर्दोषको आत्माजलिरहन्छ भने ।
बिर गोर्खालीहरुको हरुको देश किन भन्ने सधै सिमाना मिचिरहन्छ भने
बीदेशीको गुलाम भने भै गो सधै उनहिरुकै ईच्छा अनुसार काम गर्दछन भने ।
हो यी सब मैलै गर्न सक्दीन त्यसैलेत म भन्छु
म नेता बन्दै बन्दिन।

सिधा साधा जनतालाई अगाडी राखेर खोक्रो आश्वसनको भाषण गर्न जान्दीन
सबै उस्तै उस्तै भएको बादविवादमा भाग लिएर महान पनी ठान्दीन
जातीयता र क्षेत्रीयताका कुरा निकाली एक आपसमा लडाउन पनि जान्दीन
देशको सिमाना बेच्ने सगं म मmुक्न जान्दै जान्दीन
हो त्यसैले म नेता बन्न चाहान्न ।

मैले देशलाई गद्धार गरिन ,
जातीयता र क्षेत्रीयतामा कसैलाई भेदभाब गरिन
हो त्यसैले म उदघोष गर्न चाहान्छु मलाई यस्तो नेता बन्नु छैन
त्यसैले म नेता बन्दै बन्दिन ।
बन्दै बन्दिन ।

                                                                                                                                                                             

 
 
  
 

You may also like