‘ब्लायाक इन हवाइट क्याफे एण्ड बार’ सञ्चालनमा

by समतल अनलाइन

बुटवल। बुटवल११ कालिकानगर (होराइजन चोक नजिकै) ‘ब्ल्याक इन हवाइट क्याफे एण्ड वार’ सञ्चालनमा आएको छ । होटल तथा रेष्टुरेन्टको ‘हब’ रूपमा विकास हुँदै गएको कालिकानगर क्षेत्रमा यहाँका चार जना युवाहरूको संयुक्त लगानीमा क्याफे सञ्चालनमा आएको हो ।

क्याफे एण्ड बारको आज होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उद्घाटन गनुृभयो। विशाल खनाल, कृष्ण पोखरेल, भुवन खरेल र राजेन्द्र चालिस बारमा लगानी गर्नृभएको हो । एक करोड ५० लाख रुपैयाँको लागतका बार सञ्चालनमा आएको प्रोपराइटर नारायण लेकालीले जानकारी दिनुभयो कार्यक्रममा बोल्दै अध्यक्ष जिसीले रुपन्देहीका होटल तथा रेष्टुरेन्टहरु रातभर सञ्चालन हुनुपर्ने माग आफूहरूले प्रशासनमा पटक(पटक उठाएको बताउनुभयो ।
रुपन्देहीमा पर्यटकीय क्षेत्रहरू थपिँदै गएकोले अबका केही वर्षमा यहाँका होटल र रेष्टुरेन्ट पर्यटकहरूले होटलहरु भरिभराउ हुने बताउनुभयो ।
कार्यक्रममा संघका महासचिव माधव खनालले क्याफेले आम सेवाग्राहीको मन जित्ने बताए । बारमा १५ जना युवाहरूले रोजगार समेत पाएका छन् । जहाँ ३ वटा एसी हल, २ वटा सिसा कटेज रहेका छन् ।

बारमा खाजा नास्ताको मेनु अन्य होटल तथा रेष्टुरेन्टहरूको तुलनामा सस्तो रहेको लेकालीले बताउनुभयो । पछिल्लो समय रुपन्देहीका होटला तथा रेष्टुरेन्टहरु सञ्चालनमा आउने क्रम तीब्र छ । कार्यक्रम बारका संरक्षक जनकराज खनालको अध्यक्षतामा भएको थियो ।

 
 
  
 

You may also like