आज यस वर्ष साउनको अन्तिम सोमवार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

by समतल अनलाइन

काठमाडौं । आज यस वर्ष साउनको अन्तिम सोमवार । विवाहित हिन्दू नारीहरु आफू, आफ्ना पति र सन्तानको सुख शान्ति र श्रीवृद्धीको कामना गर्दै व्रत बसेर मनाउने गर्दछन् ।

अविवाहित नारीले भने असल पतिको कामना गर्दै यस दिन व्रत बस्ने गर्दछन् । यसदिन पशुपतिलगायत देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, नुवाकोटको दुप्चेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेको भीड लागेको छ । साउन महिनाको सोमबार शिवको पूजा अर्चनाका लागि पवित्र महिना मानिन्छ ।

 
 
  
 

You may also like