माैसमः पहाडी भू-भागमा आंशिक वदली, हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक वदली रहेको छ । मौसम बदली संगै उच्च हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको र चिसोको प्रभावबाट बच्न मौसम शाखाले अनुरोध छ ।

आगामी २ दिनको मौसम पूर्वानुमान

पौष २० गते (आइतबार)

दिउँसोः देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २१ गते (सोमबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भू-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भू-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 
 
  
 

You may also like