गुल्मीको मुसिकोट न.पा.१ मा आई. एम. ई. शाखा रहित बैंक आयो , जनतामा खुशी छायो

by समतल अनलाइन

हरि पाठक
गुल्मी , साउन २३ । गुल्मीको मुसिकोट न.पा.१ मा ग्लोवल अाई एम ई शाखारहित बैङ्किक सेवा बिस्तार भएपछि त्यहाका जनतामा यतिबेला खुशी छाएको छ।

मुसिकोट न.पा.१ मा खानेपानीको चरम समस्या,स्वास्थ्य लगायतका धेरै क्षेत्रमा त्यस्तै बाकि छ तर लामो समयदेखि अभाव तथा समस्याको रूपमा खडा थियो वैङ्क,त्यही बैंककै काम बोकेर गुल्मीको वामीटक्सार,सदरमुकाम तम्घास जानुपर्ने बाध्यता थियो तर अहिले अाएर बिदेशवाट पठाएको पैसा लिन,बचत,खाता खोल्न तथा अब लामो समय खर्चनु पनि नपर्ने र समय सदुपयोग र समस्या केही मात्रमा समाधान भएको स्थानियको भनाइ छ ।

लामो समयदेखि सबैको चासो र अाबश्यक्ता ठानेको बैङ्किङ क्षेत्र बिस्तार पछि ढिलै भए पनि जनताले सेवा लिन पाउने भएका हुन्।

पौदी अमराईको केन्द्रमा शाखारहित कार्यालय रहने गरि विहिवार एक कार्यक्रमका बिच नगरपालिका प्रमुख शोमनाथ सापकोटा तथा वडा अध्यक्ष पूर्णवहादुर हितान मगरले उद्घाटन गरि शाखारहित वैङ्किङ सेवा शुभाराम्भ गरेका थिए।मुसिकोट नगरपालिका -१ पौंदी अमराईमा अाई एम ई बैंकको शाखा रहित बैंकिङ सेवा को उद्घाटन कार्यक्रममा बोल्दै सन्चालक दुर्गा श्रेष्ठ एवं गङ्गा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम सञ्चालन शाखा सह प्रवन्धक बुद्विमणी खरालले गर्नुभएको थियो।शाखारहित बैङ्किङ सेवाको सहजिकरण मुसिकोट नगरपालिकाले गरेको तथा इजाजतपत्र ग्लोबल आई एम ई बैंक वामी टक्सार शाखाले दिइएको थियो।परिक्षणकालको रूपमा शाखारहित बैङ्किक सेवा बिस्तार गरिएको सो कार्यक्रममा बैङ्क प्रबन्धकमाधव उपाध्याय ,सामाजिक ब्यक्तित्व,बुद्धिजीवी शिक्षाप्रेमी लगायत स्थानियको विशेष उपस्थिति रहनुका साथै बैङ्कको यस ठाउमा महत्व,अाबश्यक्ता र भाबी दिनमा दिने सेवाका बिषयमा अा-अाफ्नो धारणा तथा मन्तव्य समेत ब्यक्त गरेका थिए।

 
 
  
 

You may also like