पहिलो पाइला नेपाल बुटवलद्वारा ६० विद्यार्थीलाई झोला वितरण

by समतल अनलाइन

बुटवल। सधै परिवर्तनका लागी भन्ने मुल ध्ययका साथ सामाजिक कार्यमा कृयाशिल पहिलो पाइला नेपाल बुटवल शाखाले भाग्य बोक्ने झोला बितरण गरेको छ । विनयी तृवेणी गाउपालिका ४ सर्दिको जनता आधारभुत विधालयका ६० जना विधार्थिलाई भाग्य बोक्ने झोला, टोपि र सुइटर बितरण गरेको हो।

पहिलो पाइला नेपाल बुटवल शाखाका शाखा अध्यक्ष आयुष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिनय गाउपालिका प्रमुख डम्मर बहादुर जिसिले बिधालयमा आवश्यक शैक्षिक सामाग्री, गरिवीका कारण बिधालयबाट बन्चित हुन नदिन गाउपालिका सधै तयार रहेको बताउनुभएको छ।

कार्यक्रम संयोजक बिनोद बस्यालले आफ्नो क्षेत्रमा कार्यक्रमलाइ सार्थकता दिन पाउदा खुसी लागेको बताउनु भएको छ। कार्यक्रममा मिडिया संयोजक सुनिता बेल्वासेको स्वागत र सचिव पारस मरासिनीको सन्चालनमा सम्पन्न भएको हो।

अतिथी हरु म विशिष्ट अतिथ वाड न ४ अध्यक्ष गोपाल प्र अधिकारी, दीपेन्द्र माविका प्र राजु जि. सि,बि ब्य स अध्यक्ष चित्र ब जिसि को आसन ग्रहण मा भएको थियो।

 
 
  
 

You may also like