बुुुटवल । बिप्लप नेतृत्वको नेकपाले एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएको भोलिपल्ट एनसेलले बुटवलमा आयोजना गर्न थालेको कन्सर्टको स्थल नजिकै बिस्फोटको आवाज आएको छ ।
पुस १२ गते बुटवलको सिद्देश्वर स्कुलको प्राङ्गनमा एनसेलको कन्सर्ट गर्ने तयारी चलिरहेको अघिल्लो राती ९ बजे बिस्फोटको आवाज आएको हो । बुटवलको सुख्खानगर स्थित सिद्देश्वर माबिको नजिकै बिस्फोटको आवाज आए लगत्तै स्थानीयबासी त्रसित बनेका थिए ।
आवाज आए लगत्तै प्रहरी बिद्यालय परिषरमा पुगेपनि बिस्फोट भएको बिषय प्रहरीले अस्विकार गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईलाई पटक पटक फोन गर्दा बुझ्दै छौं भन्ने जवाफ दिएका थिए ।
बिहिबार बिप्लप नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक बिज्ञप्ती प्रकाशित गर्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए ।
उनले निकालेको बिज्ञप्तीमा राज्यलाई तिर्नुपर्ने कर नतिरी मेला गरेमा कारवाहि गरिने र त्यसको जिम्मा एनसेल आफैले लिनु पर्ने उल्लेख गरेका थिए ।