स्कलर्स होमद्वारा मानव सेवा आश्रममा सहयोग

by समतल अनलाइन

बुटवल। स्कलर्स होमको आफ्नो २८ बार्षिकोत्सबको अवसरमा विद्यालयमा क्रियाशील बाल क्लब , जुनियर सर्कल , अल्फा लियो , इन्ट्राक क्लब र विद्यालयको संयुत्त आयोजनामा मानब सेवा आश्रममा खाद्यान्न तथा स्टेशनरिका सामग्री वितरण गरेको छ।

 

बुटवलको सुख्खानगरमा रहेको मानब सेवा आश्रममा भएको कार्यक्रममा बाल क्लबका अध्यक्ष रोशन गौचन र जुनियर रेडक्रसका उप-सभापति जेनिशा खाँणको सभापतित्व र विद्यालयका उप- प्राचार्य टिकाराम गौतमको आतिथ्यतामा भएको कार्यक्रममा मानब सेवा आश्रमकी संचालिका सरु अधिकारीले मानव सेवा आश्रमको बारेमा प्रकाश पार्दै आगन्तुक लाइ स्वागत गर्नु भएको थियो।

विद्यालयकी शिक्षिका साबित्रा गौतमले सन्चालन गर्नुभएको कार्यक्रममा उप-प्राचार्य एवम कार्यक्रमका प्रमुख अतिथी टिकाराम गौतम आजको युगमा विद्यार्थींलाई किताबी ज्ञानको साथसाथै ब्यबहारिक एवं सामाजिक ज्ञानको अझ बढी आबश्यकता रहेको औलाउदै विद्यार्थीहरुका अगुवाइमा यस्ता कार्यक्रम हुनु सुखद रहेको बताउनुभयो ।

 

स्कलर्स होम स्कुलले बिगत केही बर्ष देखि विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा बढी सकृय बनाउन थालेको कुरा बताउनु भयो ।

 
 
  
 

You may also like