चिसो बढे संगै बुटवलका विद्यालय ३ दिन बिदा हुने

by समतल अनलाइन

बुटवल । अत्याधिक चिसोका कारण बुटवलका विद्यालयमा ३ दिन विदा दिइने भएको छ । उपमहानगर क्षेत्रमा अत्यधिक चिसो बढेकोले पुस ११ देखि १३ गतेसम्म विद्यालयमा विदा दिने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

तीन दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने उपमहानगरपालिकाले उल्लेख गरेको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विद्यालयलाई विदा दिने निर्णय गरेको थियो ।

सूचना

 
 
  
 

You may also like