रुपन्देही व्यापार संघमा मनोनयन

by समतल अनलाइन

बुटवल । रुपन्देही व्यापार संघको बिहीवार बसेको कार्य समितिको बैठकले सल्लाहाकार, मानार्थ सदस्य तथा कार्य समिति सदस्यहरु मनोनयन गरेको छ ।

संघको कार्तिक २८ गते सम्पन्न १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिको दोस्रो बैठकले सो निर्णय गरेको हो । संघका कार्यालय प्रमुख सरोज पोखरेलले दिएको जानकारी अनुसार बैठकले संघको कार्यसमिति सदस्यहरुमा प्रेमनाथ पाण्डे, कृष्णप्रसाद अर्याल, केशव खनाल, मिलन सुनार र राजेन्द्र ढकाललाई मनोनयन गरेको छ । मानार्थ सदस्यमा बैकुण्ठ कोइरालालाई मनोनयन गरिएको छ ।

यसैगरि सल्लाहाकारमा जोगलादल विक, खेमराज पुन, ऋषि बहादुर भण्डारी, डा. रोहितराज क्षेत्री, माधव नेपाल, तुल्सीराम बञ्जाडे, सूर्यबहादुर भट्टराई, कृष्ण प्रसाद पाण्डे, आनन्द प्रसाद रेग्मी, बालाराम भट्टरााई, सुरज पाण्डे, रणबहादुर खनाल र समुन्द्र जीसीलाई मनोनयन गरिएको छ ।

बैठकले संघको आर्थिक सल्लाहाकारमा लम्बिनी बाणिज्य क्याम्पसमा प्रमुख डा. ताराप्रसाद उपाध्याय, प्राविधिक सल्लाहाकारमा बुटवल उपमहानगरपालिकाका इन्जिनियर ज्ञानप्रसाद अर्याल, प्रेस सल्लाहाकारमा सुमन अधिकारी र कानुनी सल्लाहाकारमा कमल बस्याललाई मनोनयन गरेको महासचिव दयानिधि भण्डारीले बताए ।

बैठकले बुटवलस्थित गौतमबुद्ध सामुदायिक स्वाश्थ्य संस्था(मुटु अस्पताल)को संस्थागत सदस्यता लिने तथा संघको आगामी कार्यकालको रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठि यही पुष १९, २० र २१ गते गर्ने निर्णय गरेको छ । कार्यक्रम पर्यटकिय क्षेत्र घले गाउ कास्कीमा गर्ने तय भएको छ ।

संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको बैठकमा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेले गरेका थिए भने भने निर्वतमान अध्यक्ष पदम प्रसाद श्रेष्ठले मन्तव्य राखेका थिए ।

 
 
  
 

You may also like