एलिजालाई फिल्ममा कसले पत्याउने ?

by समतल अनलाइन

पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले फिल्म ‘अनुराग’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्ममा उनको नव-अभिनेता समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ । धमला पत्नीको अभिनय रहेका कारण रिलिजपूर्व फिल्मको राम्रै चर्चा थियो । तर, हलमा रिलिज भएपछि फिल्मले दर्शकको साथ पाउन सकेन । फिल्मले बक्सअफिसमा घुँडा टेक्यो ।

फिल्म हिट बनाउन एलिजाका श्रीमान् धमलाले देशका ठूला नेतादेखि नाम चलेका कलाकारसम्मलाई ‘अनुराग’ देखाए । हलमै पुगेर दर्शकको हात तानेर जबरजस्ती रुपमा टिकट भिडाउन पनि उनी पछि परेनन् । रिलिजको पहिलो दिन आयोजना गरिएको प्रेस शोमा दर्शकलाई फिल्म हेरिदिन आग्रह गर्दै मिडियाको अगाडि एलिजा र समुन्द्रले आँसु समेत झार्न भ्याए ।

तर, हलमा दर्शक तान्न गरिएका हरेक प्रयास विफल रह्यो । फिल्म हेर्न दर्शकले इच्छा नै नदेखाएपछि धमलाले पर्याप्य हल उपलब्ध नगराएको भन्दै वितरकमाथि दोष थोपरे । तर, फिल्म राम्रो बन्न नसकेको स्वीकार गर्न भने उनी कहिल्यै तयार भएनन् । ‘अनुराग’ ले धमलाको लाखौं डुबाएन मात्र, एलिजाको आफूलाई अभिनेत्रीको रुपमा चिनाउने सपना पनि गर्भमै तुहियो ।

फिल्म असफल भएर पनि अभिनय राम्रो हुँदा भाग्य चम्किएका अभिनेत्रीहरु यहाँ धेरै छन् । तर, एलिजाको हकमा यो पनि हुन सकेन । अहिले उनको दुई सन्तान र श्रीमानको रेखदेखमा दैनिक वितिरहेको छ । कुनै निर्माता उनलाई फिल्म अफर गर्न पुगेका छैनन् । त्यसैले अहिले ‘अनुराग’ नै उनको ‘फस्ट एण्ड लास्ट’ फिल्म त हुने होइन भन्ने आशंका उब्जिन थालेको छ । तनाव छ एलिजालाई पनि !

 
 
  
 

You may also like