‘जिउँदो’ को ट्रेलर सार्वजनिक

by समतल अनलाइन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जिउँदो’को ट्रेलर सार्वजनिक भएको छ । पौराणिक कथामा आधारित चलचित्रमा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानीय कलाकारको अभिनय छ ।

अलमिस्ट सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्रमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको अभिनय छ ।

रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक सुब्बाले लेखेका हुन् ।

अलमिस्ट प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन पूर्वी नेपाल र भारतको दार्जिलिङमा गरिएको हो ।

 
 
  
 

You may also like