पहिलो पाईला, लियो क्लब र स्टार्ट एटीनको संयुक्त रक्तदान कार्यक्रम

by समतल अनलाइन

बुटवल । सामाजिक क्षेत्रमा सक्रिय रहेका तीन संस्थाको संयुक्त प्रयासमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलको पहिलो पाईला नेपाल, शंकरनगरको लियो क्लब अफ शंकरनगर र बुटवलको स्टार्ट एटीन स्टार्सले संयुक्तरुपमा शनिबार बुटवलको रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् ।

‘हाम्रो गौरभ,हाम्रो स्वाभिमानस निशुल्क रगत वितरणमा हाम्रो अभियान’को नारालाई आत्मसात गर्दै ती संस्थाहरुले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३० युनीट रगत संकलन भएको छ ।

अहिले बजारमा रगतको अभाव हुन नदिने प्रयास स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको पहिलो पाईला नेपालका सचिव पारस मरासिनीले बताउनुभयो । ‘रक्तदानबाट जम्मा भएको रगतले बिरामीलाई राहत पुग्ने अपेक्षा लिएका छौं ।’ कार्यक्रममा स्वागत मन्तव्य दिदैं सचिव मरासिनीले भन्नुभयो ।

कार्यक्रमका आयोजकले रक्तदानमात्रै नभई अन्य सामयीक सामाजिक समस्यालाई सम्बोधन गर्नेखालका कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा स्टार्ट एटीन स्टार्सका अध्यक्ष केशब पराजुली, लियो क्लव डिष्ट्रिक ३२५ बि २ नेपाल अध्यक्ष एम.एल. पाण्डेलगायतले संस्थाहरुले आगामी दिनहरुमा गर्ने कार्यक्रमको बारेमा प्रकास पारेका थिए । कार्यक्रमको संचालन पहिलो पाइला नेपाल बुटवलकि सदस्य तथा मिडिया संयोजक सुनिता बेल्बासेले गर्नुभएको थियो ।

 
 
  
 

You may also like