दोस्रो लाफा ब्याडमिन्टन प्रतियोगिता शुरु

by समतल अनलाइन

बुटवल । लाफा समुहको आयोजनामा शनिबार देखि पाच नम्बर प्रदेशमै ठुलो धनराशीको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवलका दिपनगरमा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको एक कार्यक्रमका बीच सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले खेलकुदको पुर्वधार विकासमा प्रदेश सरकार लागि परेको बताए । स्थानिय तहबाट जग्गा प्राप्त गर्न सके आवश्यक खेल पुर्वधारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले सो अवसरमा बताए । खेलकुद बाटै राष्ट्रयको पहिचान हुन सक्ने भन्दै प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरका खेल पुर्वधारमा जोड दिएको बताए ।

कार्यक्रममा ओलम्पिक सदस्य कुमार केसी, जिल्ला भलिवल संघ रुपन्देहीका अध्यक्ष योग गुरुङ, नगरखेलकुद विकास समितिका संयोजक नन्दु काउचा लगायतले शुभकामना मन्तन्य राख्नुभएको थियो । प्रतियोगितामा खुल्ला तर्फ ८० र भेट्रान तर्फ ३२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, दितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष तारा सिह रेश्मीले बताए ।

दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने क्लबका संरक्षक बासुदेव लामिछानेले बताए । उद्घाटनको दिन ५० टिमले प्रतिस्पर्धा गरेका थिए । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न हुने खेल संयोजक पुरन गाहाले बताए ।

 
 
  
 

You may also like