ई–रिक्सा दुर्घटनाका घाइतेलाई पारसको सम्मान

by समतल अनलाइन

बुटवल । ई–रिक्सा दुर्घटनामा परि घाइते भएका मर्चवारका विजय शर्मालाई बुटवलका सामाजिक क्षेत्रमा सकृय पारस मरासिनीले आर्थिक सहयोग गरेका छन् ।
चौराहा हस्पीटलमा उपचार गराईरहेका शर्मालाई मरासीनीले हालै १० हजार २ सय १० रुपैंया सहयोग गरेका हुन् ।
समाजिक अभियानमा रुचि राख्ने मरासीनीले घरको आर्थिक अवस्था कमजोर भएका कारण दुर्घटनापश्चात उपचार गराउन नसक्ने अवस्थामा पुगेकाले सहयोग गरेको बताए ।
घाईते शर्माको ३ सन्तान र २ छोराछोरी रहेका छन् । सहयोग पश्चात हस्पतालबाट डिस्चार्ज भएको घाईते शर्माले बताए । उनले समतलसँग कुराकानी गर्दै सहयोगी हातलाई धेरै धन्यवाद दिन चाहेको बताए

 
 
  
 

You may also like