शान्ति नमुनामा २ हजार ९ सयको निःशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । रुपन्देहीको मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका विद्यार्थी तथा अध्यापकहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशले शान्ति नमुनाका दुई हजार ८ सय ४५ विद्यार्थी तथा ५५ जना अध्यापकहरुको आँखा परिक्षण गरेको हो । श्रीकृष्ण नेत्रालय बुटवलको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा परिक्षण गरिएका विद्यार्थीहरुमा एक सय ५ जना विद्यार्थीको आँखामा दुरदृष्टि र अदुरदृष्टि जस्ता समस्या देखिएको मणि उजेशका अध्यक्ष नेहा अग्रवालले जानकारी दिनुभयो ।नेत्ररोग विशेषज्ञ डाक्टर सल्मा केसिको संयोजनमा भएको शिविरमा आँखा रोग सम्वन्धि समस्या भएका विरामीहरुलाई अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

डाक्टर केसिका अनुसार अभिभावककै लापर्वाहीका कारण विद्यार्थीको आँखामा समस्या देखिएको हो । निरन्तर एक हप्तासम्म संचालन गरेको शिविर समापन कार्यक्रममा लायन्स इन्टरनेशनलका मल्टिपल काउन्सिल चियर प्रशन सुनिल वझा, डिष्ट्रिक कोचिफ एडभाईजर सुनिता बजिमय, शान्ति नमुनाका प्रअ कुलप्रसाद लामिछाने, क्लवका प्रथम उपाध्यक्ष सोनाली गुरुङ्ग, शान्ता शर्मा, सन्जु पाठक, रितु गुरुङ्ग, सृजना श्रेष्ठ, सुशिला श्रेष्ठ लगायतले विद्यार्थी जीवनमा आँखाको परिक्षण नियमित गर्नु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा आँखाको सुरक्षाका बारेमा परामर्श समेत गरिएको सचिव प्रविना घिमिरेले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like