सडकमानवमुक्त अभियान : ४ दिनमा २ सय १५ जनाको उद्धार

by समतल अनलाइन

काठमाडौं । २५औं महानगर दिवसका दिन काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त सहर अभियान घोषणा गरिसकेको छ । त्यसदिनबाटै महानगरले बेसहारा, अशक्त, असहाय सहयागापेक्षी सडकमानवमुक्त काठमाडौं अभियान थालिरहेको छ ।

अभियान गत मंसिरको २९ गतेबाट सञ्चालन भइरहेको छ । ४ दिनअघिबाट थालिएको अभियानमा हालसम्म २ सय १५ जनाको उद्धार गरिएको महानगरले जनाएको छ ।

४ दिनभित्र ३१ जना महिला, १ सय ८० जना पुरुष, ३ जना बालक, १ जना बालिकाको उद्धार गरिएको छ । महानगरकाअनुसार काउन्सेलिङ सेवा पश्चात १ सय ४५ जना घर फर्किएका छन् ।

 
 
  
 

You may also like