आज त्रिविको दीक्षान्त समारोह, १० हजार १८४ विद्यार्थी दीक्षित हुँदै

by समतल अनलाइन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औं दीक्षान्त समारोहमा आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित हुँदैछन् ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक–पुरस्कार समेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिएका छन् । समारोहमा करीब छ हजार ९ सय अभिभावक सहभागी हुने भएका छन् ।

 
 
  
 

You may also like