अखिल क्रान्तिकारीद्धारा बुटवलमा विरोध प्रर्दशन

by समतल अनलाइन

बुटवल । मोहन बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी,रुपन्देहीले आज बुटवलमा प्रर्दशनसहित विरोध सभा गरेको छ । बांकेको कोहलपुरमा विद्यार्थीमाथि प्रहरीले गरेको दमनका बिरुद्ध क्रान्तिकारीले प्रर्दशन गरेको हो ।

प्रर्दशनपछि आयोजित सभामा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं विद्यार्थी फ्याक्सन इन्चार्ज समिर केसीले कोहलपुरमा विद्यार्थीमाथि प्रहरीबाट भएको दमनको विरोध गदैं दमन गर्ने प्रहरीलाई कारवाही गर्न आग्रह गरे । उनले प्रहरीले विद्यार्थीमाथि दमन होइन भारतले मिचेका सीमा जोगाउंन लाग्नुपर्नेमा जोड दिए । उहांले सरकार फांसीवादी बन्दैं गएको आरोप लगाउंदैं गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गरे ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेश श्रेष्ठले सरकार असफल बन्दैं गएपछि दमनमा उत्रिएको दावी गदैं विद्यार्थीमाथि भएको आक्रमण तत्काल रोक्न माग गरे । उनले नीजि तथा सामुदायिक विद्यालयबीचमा भएको विभेद अन्त्य हुनुपर्नेमा जोडदिए । कार्यक्रममा अखिल क्रान्तिकारी,रुपन्देहीका अध्यक्ष सग्राम पुन,सचिव ध्रुव त्ररामु थापा लगायतले बोल्दैं विद्यार्थीमाथिको दमन नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

कार्यक्रम पूर्व सिद्धार्थ गौतम बुद्ध क्याम्पसबाट शुरु भएको विद्यार्थीको र्याली पुलचोक,गोलपार्क,क्याम्पस रोड,विटिआई,दरबारमार्ग,मिडिया चोक भएर बुटवलको पुष्पलालपार्कमा आइपुगेरर विरोध सभामा परिणत भएको थियो ।

 
 
  
 

You may also like