प्राज्ञिक विद्यार्थी परिषद् द्वारा स्थापना दिवसको अवसरमा बुटवलमा दीप प्रज्वलन

by समतल अनलाइन

बुटवल । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको २५ औं स्थापना दिवसको अवसरमा बुटवलमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् बुटवल नगर समितिको आयोजनामा मंगलबार बुटवल पुष्पलाल पार्कमा दीप प्रज्वलन गरिएको हो ।

सो अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर रामजी गौतम, प्रदेश ५ का अध्यक्ष दीपक ढकाल, प्राज्ञिक विद्यार्थी बुटवल नगर परिषद् अध्यक्ष मेघनाथ खनाल, नगर सचिव हरिष बोहरा, बाबुराम मरासेनी लगायतका प्राज्ञिक विद्यार्थीहरुको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

सो अवसरमा परिषदले भैरहवा रक्तदान गरेको छ । सो अवसरमा २८ जनाले रक्तदान गरेका थिए ।

 
 
  
 

You may also like