मानव विकास सुचकांक यथार्थपरक र बस्तुनिष्ठ छैन : मुख्यमन्त्री पोखरेल

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ का मूखयमन्त्री शंकर पोखरेलले बिभिन्न संघ संस्थाहरुले सार्वजनिक गर्ने अधिकांस रिपोर्टहरु यथार्थपरक र बस्तुनिष्ठ नहुने गरेको बताएका छन् ।

रिपोर्ट लिने तरिकानै गलत भएकोले यथार्थपरक र बस्तुनिष्ठ रिपोर्ट नआउने गरेको उनको तर्क छ । युएनडिपीको आयोजना मंगलबार बुटवलमा आयोजित मानव विकास सुचकांकको रिर्पोट सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले वास्तविक र यथार्थपरक तथ्याङ्कले मात्रै समस्या समाधानमा सहयोग पुग्ने बिचार व्यक्त गरे । उनले स्थानीय आवस्यकता र सम्भाव्यताका आधारमा कस्ता समाचार र रिपोर्ट बनाउने भन्दा पनि काठमाण्डौको मिडियाको डेस्कमा बसेर स्थानीय संवाददातालाई यस्तो रिपोर्ट बना भनेर लगाउने प्रबृत्ति हाबी रहेको आरोप लगाए ।

सधैभरि आफुलाई पछाडी रहेको हिनताबोधमा राखेर समाजलाई अगाडी बढाउन नसकिने भन्दै उनले विश्लेषणको ढाचालाई समाजको सामु यर्थाथ ल्याउन जरुरी रहेको बताए । जबसम्म हामिले कुनै पनि समाजलाई उत्प्रेरणा गर्दैनांै तब सम्म त्यो समाज अघि बढ्न नसक्ने उनले बताए । युएनडिपिका प्रदेश प्रमुख सुदिप अर्यालले काठमाडौं केन्द्रित कार्यक्रमलाई यसपटक प्रदेशस्तरमा लग्ने सोच अनुसार सातै प्रदेशमा कार्यक्रम गरिएको भन्दै प्रदेश स्तरमा कार्यक्रम गरि छलफल चलाउदा नया ढंगको सुझाव आउने अपेक्षा लिएको बताए । यर्थाथमा जुन हिसाबले पछाडी देखाईन्छौ, हाम्रो समाज त्यती पछाडी नभएको उनले दाबी गरे ।

मानव विकास रिर्पोटको अवधारणा सन १९९० मा युएनडिपिले पहिलोपटक ल्याईएको बताउदै उनले त्यसबेलाको समयमा आम्दानीमात्र मानव विकास होईन भन्ने नया आयाम विकास गरेको बताए । मानव विकासको आयामका बारेमा त्यसबेला शुरु भएको बहस जारी रहेको बताउदै उनले त्ययसमा ५ वटा प्रकृया रहेका रहेको र महिला शसक्तिकरण मुख्य विषय भएको जानकारी दिए ।

नयाँ पुस्तालाई समेत ध्यान दिएर प्राकृतिक साधनश्रोतको संरक्षणको पाटोमा पुस्तक बोल्ने उनले बताए । दिर्घायु जीवन, शिक्षाको अवस्था र मानव स्वस्थ्य गरि ३ वटा आयामको अवस्थाबारेका सुचकहरुलाई केलाएर पुस्तक तयार पारिएको उनले बताए । मंगलबार पाच नम्बर प्रदेशसहित देशका सातैवटा प्रदेशमा एकै पटक पुस्तक सावर्जनिक गरिएको हो ।

 
 
  
 

You may also like