एसईई नतिजा: गणितमै सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण

by समतल अनलाइन
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा अनुसार गणित विषयमै सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्।

बोर्डका अनुसार १ लाख २८ हजार २१५ विद्यार्थी गणितमा ननग्रेडेड (अनुत्तीर्ण) भएका छन्, जुन कुल परीक्षार्थीमध्ये सबैभन्दा उच्च संख्यात्मक र प्रतिशत अनुपात हो।

गणितपछि दोस्रो स्थानमा अंग्रेजी विषय पर्न आएको छ, जसमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भएका छन्। त्यसपछि क्रमशः विज्ञान प्रविधि विषयमा ७९ हजार २७१, नेपाली थ्योरी मा ५४ हजार ७३५, सामाजिक अध्ययन मा ५३ हजार १८६, अर्थशास्त्र मा ४२ हजार १५० र अप्सनल म्याथ मा १८ हजार २२२ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

यस वर्षको नतिजा विश्लेषण गर्दा धेरै विद्यार्थीको कमजोरी गणित, अंग्रेजी र विज्ञानजस्ता विषयमा देखिएको छ। यसले विद्यालय तहमा यिनै विषयमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

शिक्षा क्षेत्रका विश्लेषकहरूले शिक्षण शैली, पाठ्यक्रम बुझाइ, विद्यार्थीको आधारभूत क्षमताजस्ता पक्षमा सुधार गर्न सुझाव दिएका छन्।

You may also like

This will close in 0 seconds