100
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार साँझ बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै देशभरका झण्डै पाँच लाख विद्यार्थीको प्रतीक्षा समाप्त भएको हो।

यसपटकको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना तथा ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ जना सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ पुगेको बोर्डले जनाएको छ। सार्वजनिक नतिजामा ग्रेडेड हुने विद्यार्थीको प्रतिशत ६१.८१ रहेको छ।
यस वर्षको परीक्षा चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। नतिजा सम्बन्धी विस्तृत विवरण बोर्डले आफ्नो वेबसाइट, एसएमएस सेवा र विभिन्न माध्यमबाट सार्वजनिक गर्ने जनाएको छ।