पाल्पामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, १३ जना घाइते

पाल्पा । पाल्पामा बुधबार बेलुका भएको बोलेरो जीप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनीहरुको उपचारका क्रममा गए राति मृत्यु भएको हो । उक्त जीपमा सवार अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै जीपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नवलपरासीको अस्पतालमा उपचार जारी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 
 
  
 

You may also like