मुद्दाको बहस अन्तिम चरणमा : उच्च अदालतमा सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ चलिरहेको छ । उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ जारी छ ।

लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको फेसला मंगलबार नै आउने भनिए पनि बहस नसकिएपछि आज अन्तिम सुनुवाइ चलिरहेको छ । आजको अन्तिम सुनुवाइपछि फैसला आउने तयारी भइरहेकाले त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । हिजो (मंगलबार) पीडित गौशाला–२६ पनि उच्च अदालत आएकी थिइन् । तर आज उनी आएकी छैनन् ।

 
 
  
 

You may also like