290
काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुना बाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ । अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुना बाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन् ।
सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा शुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ । सन्दीपलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेका हुन् । सन्दीपले आफू थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित उनका कानुन व्यवसायीले निवेदन दर्ता गराएका हुन् ।