294
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुई पटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताएका छन् । उनले यो विषय महासमिति बैठकले पारित गरिसकेको पनि उनले जानकारी दिए ।
जारी महासमिति बैठकको समापन समारोहमा उनले अब कांग्रेसबाट एकपटक राष्ट्रपति, तीन पटक मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाइने बताए । महामन्त्री शर्माले गठबन्धन मात्र महासमिति बैठकमा छलफल भएको भन्ने सन्देश बाहिर गएको भन्दै समग्र देशको परिस्थितिबारे पनि छलफल भएको जानकारी दिए ।