नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

by समतल अनलाइन

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ आइतबार र सोमबारको मौसम पूर्वानुमान

२०८० फाल्गुन ०६ गते (आइतबार)
दिउँसो– देशको पहाडी भू–भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको संभावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति–देशको पहाडी भू–भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको संभावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० फाल्गुन ०७ गते (सोमबार)
दिउँसो– सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति– सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like