रोयल इनफिल्ड मेटेओर बाइकको बुटवलमा बिक्री शुभारम्भ

by समतल अनलाइन

बुटवल । रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले रोयल इनफिल्ड मेटेओर बाइकको बुटवलमा आज लञ्च गरेको छ । कम्पनीले आज मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको हो ।

कम्पनी अध्यक्ष प्रेमराज गैरे र संचालक लक्ष्मी गैरेले बुटवलस्थित कालिकानगरमा रहेको रोयल इनफिल्डको शोरुममा मोटरसाइकल बिक्री शुभारम्भ गरेका हुन् ।शुभारम्भ गर्दै अध्यक्ष प्रेम गैरेले नया मेटेओर बाइक इजि क्रुजर र कम्फर्टका हिसाबले खासगरि सहर र राजमार्गमा लामो यात्राका लागी रोजाइमा पर्ने उनले बताएका छन् । उक्त रोयल इनफिल्ड मेटेयाेर ३५० फायरबल सिरिज ,स्टेल्लर सिरिज र सुपर नोभा सिरिज गरि जम्मा तिन सिरिजमा उपलब्ध हुने अध्यक्ष गैरेले बताए ।

मोटरसाइकलको प्रारम्भिक मूल्य पाच लाख ५० हजार रुपैयाँ देखि ५६५००० हजार सम्म रहेको उनले जानकारी दिए ।बिभिन्न कलरमा उपलब्ध उक्त मोटर बाइक ३४९ सिसि को र सिङ्गल क्लाइन्डर,फ्युल इन्जेक्टर ,कुल एयर इन्जिन जसले धेरै क्षमातामा २०.२ बि .एच .पि ,मेक्सिमम टोक २७ न्युटन मिटर जेनेरेट गर्ने प्रालिका प्रमुख प्रबन्धक ध्रुव सापकोटाले जानकारी दिए । गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल यहि बर्ष बिभिन्न समयमा लञ्च गरि सकेको छ ।

 
 
  
 

You may also like