लुम्बिनीमा सडक खाना महोत्सव हुँदै,तयारी पुरा

by समतल अनलाइन

लुम्बिनी । बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक महोत्सव तथा दशौं फूड फेष्टिभल हुने भएको छ ।

लुम्बिनी होटल संघको आयोजनामा ३१ डिसेम्बर ९पुस १५०को दिन लुम्बिनीमा सडक खाना महोत्सव हुने पत्रकार सम्मेलन मार्फत मंगलबार जानकारी गराईएको हो ।

स्थानीय खानपिनका परिकारहरूका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन,जापान,कोरिया,भियतनाम,क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरू महोत्सवमा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
यस वर्षदेखि महोत्सवलाई प्रदेशस्तरीय मान्यतासहित मनाउन लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

महोत्सवमा स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राह्मण समुदाय, नेवारी समुदाय, गुरुङ्ग, मगर समुदाय, आदिका खानपिनका साथै पाल्पाको किनिया रोटी बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामी मिठाइ इम्रिति ९अमृति० लगायतका परिकार उपलब्ध रहने अध्यक्ष ज्ञवाली बताए ।

सो सम्मेलनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सडक खाना महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताए । साँस्कृतिक महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै मेयर मुसलमानले भव्य रुपमा मनाउन आग्रह गरे ।
महोत्सवमा नौमती, पञ्चेबाजा बिरहा थारु झुमराका साथै आधुनिक पप डिजे गीत संगीतको माध्यमबाट मनोरञ्जन उपलब्ध गराइने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा लुम्बिनी पर्यटन विकास परिषद आयोजकका रूपमा रहेको शर्माले बताए ।

महोत्सव लक्षित गरी लुम्बिनी होटल संघले पुस १६ गतेका निम्ति होटल कोठामा १५ सम्म छुट उपलब्ध गराउने संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए ।
महोत्सवमा भारतबाट २० हजार बढी पर्यटक आउने र आन्तरिक रुपमा पनि पर्यटकको बाक्लो अवलोकलन हुने आयोजकले दाबी गरेको छ ।महोत्सव लक्षित सुरक्षा व्यवस्थापनका लागि पनि समन्वय भइरहेको आयोजकले जनाएको छ ।महोत्सव सम्पन्न गर्न करिब १२ लाख अनुमानि खर्च लाग्ने जनाईएको छ ।

 
 
  
 

You may also like