कञ्चनकोमा जारी फुटवल प्रतियोगिताको आजबाट दोश्रो चरणको खेल शुरु

by समतल अनलाइन

रुपनदेहीको कञ्चनमा हरितालिका तीजको दिनदेखि शुरु भएको खुल्ला पुरुष फुटवल प्रतियोगिताको दोश्रो चरणको खेल शुरु भएको छ। गौतमबुुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रुपन्देहीद्वारा आयोजित प्रतियोगिताको आज सातौ दिन पनि दुई खेल सम्पन्न भएका छन।

आज चाँदनी एफ.सी. कञ्चन र न्यू बुद्ध स्पोर्टस एफ.सी. कपिलबस्तु बिच भएको दोश्रो चरणको पहिलो खेलमा न्यू बुद्ध स्पोर्टस एफ.सी. कपिलबस्तुले चाँदनी एफ.सी. कञ्चनलाई ० गोलका बिरुद्ध २ गोलको अन्तरले पराजित गरी खेलको तेश्रो चरणमा प्रबेश गर्न सफल भएको छ। यू बुद्ध स्पोर्टस एफ.सी. कपिलबस्तुका लागि अर्जुन पुन र निरज चौधरीले १/१ गोल गरेका थिए।

यस्तै गौतमबुद्ध सामुदायिक बिकास केन्द्र(आयोजक निलो) र फुलवारी एफ.सी. बुटवल बिच भएको दोश्रो खेलमा गौतमबुद्ध सामुदायिक बिकास केन्द्र(आयोजक निलो)लाई फुलवारी एफ.सी. बुटवलले ०-१ गोल अन्तरले पराजित गरी खेलको तेश्रो खेलमा प्रबेश गर्न सफल भएको छ। फुलवारी एफ.सी. बुटवलका लागि रोजित थापाले गोल गरेका थिए ।

चौपारी खेल मैदानमा जारी प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ३० हजार सहित कप र मेडल प्राप्त गर्ने गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका के.वि. थापाले जनाउनु भएकोछ। प्रतियोगिता अवधीभर बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कार रहेको अयोजकले जनाएको छ।

प्रतियोगितामा रुपन्देही, कपिलबस्तु, नवलपरासी, स्याङ्गजा लगायतका २२ फुटवल टिमहरुले सहभागिता जनाएका थिए। प्रतियोगिता यही असोज १३ गतेसम्म संचालन हुने छ।

 
 
  
 

You may also like