लोक पत्रकारिता पुरस्कार सन्जु पौडेललाई

by समतल अनलाइन

बुटवल । पत्रकार सन्जु पौडेल उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट सम्मानित भएकि छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले शनिबार पौडेललाई सम्मान गरेको हो ।

प्रतिष्ठानको १५ औं वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष विजय सापकोटा र कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार तथा संरक्षक खेमबहादुर हमालले संयुक्त रुपमा दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन् । प्रतिष्ठानले हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर पत्रकारितामा सक्रिय रहेकालाई प्रदान गर्दै आएको छ ।

 
 
  
 

You may also like