जनउत्थान साकोसको रुद्रपुर केन्द्रमा १८ औं साधारण सभा सम्पन्न

by समतल अनलाइन

कञ्चन। रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा मुख्य कार्यालय रही सेवा बिस्तार गरिरहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रुद्रपुर सेवा केन्द्रमा १८ औं साधारण सभा सम्पन्न भएको छ।

रुद्रपुर सेवा केन्द्रमा भएको संस्थाको साधारण सभाका प्रमुख अतिथि तथा कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले सहकारीको सदस्य हुनुको अर्थ आफ्नो सम्पत्तीको आफै मालिक बन्नु सरह भएको उल्लेख गर्नु भयो। थोरै थोरै गरिने बचतले आफु र आफ्ना भावी सन्ततीको उज्जवल भविष्य निर्माण गर्न सहयोग पुग्ने बताउदै वडा अध्ययक्ष खत्रीले सहकारीबाट लिएको ऋण उत्पादनमुलक क्षेत्रमा लगानी गरी आत्म निर्भरताको गोरेटो निर्माण गर्नु पर्ने कुरामा जोड दिनु भयो। कञ्चनका उद्योगी तथा किसानहरुले उत्पादन गरेको कृषि उपज तथा बस्तुहरुको बजारीकरणमा सहयोग पुग्ने उद्धेश्यका साथ गाउपालिकाको आ.व. २०८०/०८१ को स्विकृत बजेटमा पैंचो पसल संचालनका लागि बजेटको ब्यबस्था गरेको समेत वडा अध्यक्ष खत्रीले जानकारी दिनु भयो।

यसैगरी रुद्रपुरसेवा केन्द्र व्यबस्थापन समितिका पुर्व संयोजक पुर्ण बहादुर पुनले जनउत्थान साकोस अन्य सहकारी जस्तो घर घरमा सदस्य खोज्न नभई सदस्यहरुले नै जनउत्थान खोज्दै आउने संस्थाको रुपमा बिकास भएको बताउनु भयो। नेपाल सफल प्रवेशन ब्राण्ड २०७९ र एक्सेस सिल्भर ब्राण्ड २०८० बाट समेत पुरस्कृत भएको जनउत्थान सकोसले आवस्यकता भन्दा बढी र अनावस्यक क्षेत्रमा लगानी नगरी सदस्यहरुको आर्थिक जिवनस्तर उठाउने आयमुलक क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई उत्प्रेरित गरेको पुर्व संयोजक पुनले बताउनु भयो।

सभाको अध्यक्षता गर्दै रुद्रपुर सेवा केन्द्र व्यबस्थापन समितिका संयोजक भैरव बहादुर थापाले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। संस्थाले ३ अरव २९ करोड ९८ लाख ७३ हजार ४१६ रुपैया बरारबरको सम्पत्ती जोडेको छ भने ३० करोड ९० लाख ३६ हजार ६ सय शेयर पुँजी रहेको उक्त संस्थाले २ अरव ५८ करोड १० लाख ४३ हजार १५४ बचत संकलन गरेको छ। उक्त संस्थाको २८ करोड १० लाख ५९ हजार ९५ रुपैया जगेडा कोष रहेको छ भने १० वटा सेवा केन्द्रमा समेत गरी ४० हजार ६४३ शेयर सदस्य रहेको रुद्रपुर सेवा केन्द ब्यबस्थापन समितिका संयोजक भैरब बहादुर थापाले जानकारी दिनु भएको छ। कार्यक्रममा स्वागत गर्दै रुद्रपुर सेवा केन्द्र परामर्श कार्यदलका सदस्य ओम प्रसाद गुरुङ्गले रुद्रपुर सेवा केन्द्र संचालन गरेपछि २ हजार ५ सय ४० शेयर सदस्यबाट ६ करोड १६ लाख भन्दा बढी बचत संकलन भएको र १ करोड २२ लाख शेयर पुँजी गरी कुल ७ करोड ९८ लाख कुल सम्पत्ती रहेको रहेको बताउनु भयो। रुद्रपुर सेवा केन्द्रबाट ५७१ जना शेयर सदस्यमा ९ करोड ३० लाख ऋण लगानी भएको गुरुङ्गले बताउनु भयो।

निःशुल्क भाग्यसाली चिट्ठाको समेत ब्यबस्थागरी ५ जना भाग्यसाली शेयर सदस्यहरुलाई उपहार स्वरुप बिधुतिय चुल्हा प्रदान गरिएको साधारण सभामा रुद्रपुर सेवा केन्द्रमा ऋण बिभागका ईश्वरी सुवेदीले ऋणको लागनी, बचत संकलन र कसरी ऋण प्राप्त गर्ने बारे जानकारी दिनु भएको थियो। जनउत्थान साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ति वितरण, टोल बिकास संस्थाहरुलाई डस्टविन वितरण, तिर्थयात्रा, बाख्रा पालक शेयर सदस्य किसानहरुलाई १० हजार रुपैया सम्म निव्र्याज ऋण लगानी जस्ता कार्यक्रमहरु समेत संचालन गरेको छ।

जनउत्थान साकोसको रुद्रपुर सेवा केन्द्र व्यबस्थापन समितिका संयोजक भैरव बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सेवा केन्द्र परामर्श कार्यदलका संयोजक थम सिंजालीले गर्नु भएको थियो । साधारण सभा रुद्रपुर पिसल्याण्ड भु.पु. सैनिक पब्लिक बोर्डिङ्ग स्कुल कञ्चन ४ सुनगाभा चोकमा सम्पन्न भएको थियो।

 
 
  
 

You may also like